मुगु । मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन् ।
सोमबार नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका कार्यकर्ताले गमगढीदेखि गाउँपालिका कार्यालय सोरुकोट तर्फ जाँदै गरेका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय माथि तारापानीमा निर्घात कुटपिट गरेका हुन् ।
उपाध्याय माथि विप्लव समूहले कुटपिट गरेको भन्ने जानकारी आएपछि कुटपिट गर्नेहरुकोे खोजिका लागि प्रहरी चौकी कालै र जिल्लाबाट समेत प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
कुटपिट पछि घाईते भएका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको जिल्ला अस्पताल गमगढीमा उपचार भईरहेको बताईएको छ ।




प्रतिक्रिया