काठमाडौं – नेपाली बैंकमाथि साइबर हमला हुन थालेपछि प्रहरीले बैंकका सिइओहरुसँग बैंक सुरक्षाबारे छलफल गरेको छ ।
बैंकरहरुले वित्तिय क्षेत्रमा हुने आर्थिक आक्रमणमा विदेशी नागरिकको संलग्नता रहेको भन्दै महानगरीय अपराध महाशाखाले काठमाडौंका विभिन्न ३१ ओटा बैंकका सिईओलाई बोलाएर बैंक सुरक्षाबारे छलफल गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
ह्याकरहरुले चाडपर्वको समयमा बैंकलाई निसाना बनाउन सक्ने भएकाले त्यसतर्फ सचेत रहन समेत आग्रह गरेको एसएसपी थापाले जानकारी दिए । बैंकको आन्तरिक तथा बाह्य सुरक्षामा सतर्कता अपनाउन र तत्काल सूचना प्रदान गर्न महाशाखाले आग्रहसमेत गरेको छ ।




प्रतिक्रिया