सभामुखमाथि यौन दुव्र्यवहारको आरोप लगाउने महिलाले मागिन सांसदसँग गुहार !

सभामुखमाथि यौन दुव्र्यवहारको आरोप लगाउने महिलाले मागिन सांसदसँग गुहार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी संसदकी कर्मचारीले आइतबार राती सांसदलाई फोन गरेर घटनाको बारेमा जानकारी गराएकी छन् । उनले नेपाली कांग्रेसकी सांसदलाई फोन गरेर सहयोग मागेको खुलासा भएको हो ।

राति ७ बजेतिर सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएको र यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले नेपाली कांग्रेसकी सांसद् उमा रेग्मी अधिकारीलाई फोन गरेर घटनाको विषयमा जानकारी गराएको खुलेको हो । उनले त्यही रात साढे ११ बजे सांसद् अधिकारीलाई फोन गरेकी थिइन् ।

‘पीडित बहिनीसँग मेरो राम्रो चिनजान छ । एक्कासी आइतबार राती मलाई फोन गरेर ‘मलाई न्याय चाहियो माननीयज्यू’, भन्दै फोन गर्नुभयो’ सांसद अधिकारीले काठमाडौंपाटीसँग टेलिफोनमा कुरा गर्दै भनिन्, ‘यो घटनाले मलाई एकदमै दुःखित बनाएको छ । उनले मलाई ‘महराले रेप गरे’ भने ।’

त्यो आफूलाई पत्याउनै गाह्रो भएको रेग्मीले सुनाइन् । उनी भन्छिन्, ‘प्रमाण के छ त भन्दा उनले प्रतिवाद गर्दा मलाई कुटपिट पनि गरे, अरु केही प्रमाण छैन भनिन् ।’ त्यसपछि आफूले यदि बलात्कारको प्रयास नै भएको भए कानूनी उपचार खोज्न सुझाएको सांसद रेग्मीले सुनाइन् ।

सांसद रेग्मीका अनुसार पीडित महिला संसद सचिवालयकी कर्मचारी हुन् र संसदमा जाने क्रममा बेलाबेला देखभेट हुन्थ्यो । उपचारको क्रममा उनीसँग भेट हुने गरेको र चिनजान पनि हुने गरेको सांसदले हामीसँग बताइन् ।