नेपाल प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको छ :आइजिपी खनाल

नेपाल प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको छ :आइजिपी खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनालले लैनचौर र महाराजगञ्ज प्रहरी वृत्तको अत्याधुनिक भवन उद्घाटन गरेका छन् । मंगलबार बिहान आयोजित औपचारिक कार्यक्रमका बीच खनालले प्रहरी कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयबाहेक अन्य प्रहरी भवनमध्ये ‘लिफ्ट’सहितको सुविधा भएको पहिलो भवन महाराजगञ्ज वृत्तको भएको प्रहरी अधिकृतहरु बताउँछन् । भवनमा महिला, पुरुष, भीआईपी-भीभीआईपी र बालबालिकालाई राख्ने छुट्टाछुट्टै हिरासत कक्ष छ ।

भवन उद्घाटन समारोहको अवसरमा प्रहरी महानिरीक्षक खनालले दुवै भवन निर्माणमा महत्वपूर्ण योगदान र्पुयाउने प्रहरी कर्मचारीहरु तथा विभिन्न महानुभावहरुलाई प्रशंसापत्र, नगद पुरस्कार तथा मायाको चिनो प्रदान गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले सुन्दर भवनको निर्माणसँगै प्रहरीले प्रदान गर्ने सेवा पनि उत्तिकै सुन्दर हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्र र नागरिक सेवा प्रदान गर्न तथा राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न किञ्चित विचलित नभई सम्पूर्ण प्रहरी कर्मचारीहरु खटिन प्रतिवद्ध एवम् दृढ रहेको बताए ।

नेपाल प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको र प्राप्त सुविधाहरुको अधिकतम प्रयोग गरेर आगामी दिनमा पनि अझ सुन्दर सेवा दिन प्रतिवद्ध रहेको समेत उनले चर्चा गरे । सुरक्षा नै सबै भन्दा पहिलो सर्त रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भने ‘जहाँ सुरक्षित समाज हुन्छ, अनि मात्र त्यहाँ विकास एवम् आर्थिक गतिविधिका क्रियाकलाप हुन्छन् । सुरक्षाको सर्त पूरा गर्नका लागि नेपाल प्रहरी सदैव दृढ एवम् दत्तचित्त भई नागरिकसँग हातेमालो गर्दै अगाडि बढेको छ ।’

नागरिकसँग हातेमालो कार्यक्रमको परिस्कृत रुपमा नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारीको अवधारणा अन्तर्गत विभिन्न गतिविधि समेत संचालन गरेको र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा ती गतिविधि मार्फत समाजमा शान्ति सुरक्षा कायम साथै अपराध नियन्त्रण गर्न सहयोग प्राप्त भएको समेत उहाँले उल्लेख गरे ।

विकास निर्माणका काममा अबरोध र्पुयाउने अवाञ्छित क्रियाकलापलाई निस्तेज गर्दै निर्माण सहजीकरण पार्न नेपाल प्रहरी दृढ संकल्पित भई आगडि बढिरहेको प्रहरी महानिरीक्षक खनालले बताए । अपराध नियन्त्रणमा प्रविधिको प्रयोगको साथसाथै मानवीय उपस्थिति समेत आवश्यक रहेको उल्लेख गर्दै प्रविधियुक्त नवनिर्मित्त भवनबाट उत्कृष्ट सेवा प्रवाह हुने विश्वास उनले व्यक्त गरे ।

भवन उद्घाटन समारोहको अवसरमा महानगरीय प्रहरी वृत्त महाराजगंजमा आयोजित समारोहमा ग्ल्इएक् अन्तर्गत नेपाल प्रहरीको आधुनिकरण तथा सुदृढिकरण परियोजनाका प्रमुख कोमल कार्कीले उक्त वृत्तको भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै डिएफआईडीको सहयोग र ग्ल्इएक् को सहकार्यमा करिब ११ करोड रुपैयाँको लागतमा उक्त आधुनिक प्रविधियुक्त ५ तले भवन निर्माण भएको जानकारी दिए ।