महिला हत्यामा संलग्न पांच पक्राउ

महिला हत्यामा संलग्न पांच पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – महिलाको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गत भदौ ३१ गते महिलाको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ  गरेकाे हाे ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने ओखलढुंगा मनु गाउँपालिका ७ घर भएका ३१ वर्षीय आले भन्ने पासाङ तामाङ, काठमाडौं कपन बस्ने मकवानपुर छतिवन गाउँपालिका ४ घर भएका २७ वर्षीय सोमलाल थिङ, काठमाडौं भृकुटीचोक बस्ने रौतहट चन्द्रनिगाहपुर घर भएकी १९ वर्षीया पासाङ भन्ने सविना तामाङ, काठमाडौ नारायणटार बस्ने ओखलढुंगा खिजिदेम्वा गाउँपालिका ९ घर भएका ३१ वर्षीय पासाङ शेर्पा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका ४ घर भएका ३२ वर्षीय रामकृष्ण भन्ने बुद्धिमान कार्की रहेको प्रहरीले जनाएको छ ।

गत भदौ ३१ गते काठमाडौं महानगरपालिका ६ माहाँकाल सरस्वती नगरमा किराना तथा होटल संचालन गर्ने कपिलवस्तु वाणगंगा नगरपालिका २ बैजलपुर घर भएकी ५५ वर्षीय कमला भन्ने हिरु केसीको हत्या भएको थियो ।

उनीहरुले केसीलाई ट्रामाडोल नाम गरेको नसालु औषधी खुवाई लटठ्याएर हत्या गरी होटलभित्र रहेको सुनका गहनाहरु तथा नगद समेतका धनमालहरु तोरी गरी फरार भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।