महराले मलाई यौन दूव्र्यवहार गर्नुभएको छैन् , मैले रिसको झोकमा आरोप लगाएको हो -रोशनी शाही  

महराले मलाई यौन दूव्र्यवहार गर्नुभएको छैन् , मैले रिसको झोकमा आरोप लगाएको हो -रोशनी शाही  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको ‘जवरजस्ती करणी’को आरोप गलत भएको संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बताएकी छन् । 

उनले सभामुख महराले आफूमाथि कुनै पनि दुव्र्यवहार नगरेको दावी समेत गरेकी छन् । नागरिक खबर अनलाइनको अन्र्तवार्तामा शाहीले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउंमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।

नागरिकखबरलाई दिएको भिडियो अन्तर्वार्ता उनले आइतबार सांझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासंग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् ।