प्रधानमन्त्री ओली किन थिए कृष्णबहादुर महरासंग असन्तुष्ट ? 

प्रधानमन्त्री ओली किन थिए कृष्णबहादुर महरासंग असन्तुष्ट ? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  सभामुख कृष्णबहादुर महरासँग प्रधानमन्त्री केपी ओली पछिल्लो समय सन्तुष्ट थिएनन्। सभामुखको हैसियतमा सरकार र आफूलाई असहयोग गरेको ओलीको बुझाई थियो।

अमेरिकी सहयोग निकाय मिलेनियच च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग भएको सम्झौता कार्यान्वयनका लागि संसदले अनुमोदन गर्नुपर्छ। तीन महिनाअघि नै संसदमा दर्ता भएको सम्झौता अझै अनुमोदन हुन सकेको छैन। त्यसमा महराले रुचि नदेखाएको ओलीको बुझाई छ। 

७९ अर्ब रुपैयाँ बराबरको त्यो सम्झौता संसदको केही दिनअघि अन्त्य भएको अधिवेशनबाटै अनुमोदन गर्न प्रधानमन्त्री ओलीले सभामुख महरालाई आग्रह गरेका थिए। तर, पारित नगरी अधिवेशन अन्त्य गरेर महराले असहयोग गरेको उनको बुझाइ छ।

सभामुख महरासँग ओली रिसाउनुको अर्को कारण पनि छ। गत २४ वैशाखमा संसदलाई संवोधन गर्दै ओलीले विपक्षी सांसदलाई निम्छरो भनेपछि संसदमा हंगामा भयो।

विपक्षीको मागअनुसार सभामुख महराले ओलीले बोलेका केही शव्द संसदीय मर्यादाविपरित भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।यो कुरा ओलीलाई मन परेको थिएन। यो समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।