दसैंका लागि १० दिनमा १० लाख बाहिरिए

दसैंका लागि १० दिनमा १० लाख बाहिरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८६७ यात्रु बाहिरिएका छन् ।

६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४६७ सवारी साधन सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ।