३२ जिल्लाका मुख्य सहरमा टेलिकमको फोजी

३२ जिल्लाका मुख्य सहरमा टेलिकमको फोजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल टेलिकमले ३२ जिल्लाका मुख्य सहरमा आज बुधबार फोजी सेवा सुरु गर्ने भएको छ । फोजी सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले ३२ जिल्लाका मुख्य सहरमा फोजी सेवा सुरु हुने जानकारी दिइन् । देशैभर फोजी सेवा सुरु गर्नको लागि गत माघ २० मा टेलिकमले ठेक्का सम्झौता गरेको थियो । एक वर्षमा देशैभर फोजी विस्तार गर्ने टेलिकमको योजना थियो ।

फोजी सेवा विस्तारका लागि टेलिकमले कोर नेटवर्क विस्तारको जिम्मा चीनको जेडटीई कर्पोरेसनलाई दिएको थियो । यस्तै हङकङको सीसीएसआईले रेडियो एक्सेस नेटवर्क विस्तारको जिम्मा पाएको छ । काम सुरु भएको ८ महिनापछि टेलिकमले ३२ जिल्लाका मुख्य सहरमा फोजी सेवा सुरु गर्न लागेको हो ।

टेलिकमले काठमाडौंबाहेकका सबै महानगर, उपमहानगर, धेरै जनसंख्या भएका नगरपालिकाहरूमा फोजी सेवा सुरु गर्न लागेको हो ।यो समाचार आजको कान्तिपुर दैािकमा छ ।