पर्यटककै भरमा पढाइ

पर्यटककै भरमा पढाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माथिल्लो डोल्पा – पेमा याङ्कीले डोल्पोबुद्ध गाउँपालिकास्थित क्रिस्टल माउन्टेनबाट ८ कक्षा पास गरिन्। यहाँ त्योभन्दा माथि पढाइ हुँदैन। उनी फ्रान्सेली संस्थाको सहयोगमा काठमाडौं गएर ९ कक्षामा भर्ना भइन्। अहिले उनी निजी स्कुलमा निःशुल्क पढिरहेकी छन्। यही स्कुलका दावा, फुर्वा, पेमा छेवाङलगायत काठमाडौंकै बाबा बोर्डिङमा पढ्छन्।

‘विदेशीले सहयोग नगरेको भए विद्यालय शिक्षा पूरा गर्ने हाम्रो सपना अधुरै हुन्थ्यो’, डोल्पोबुद्ध–१ का वडाध्यक्ष ग्याल्पो थापा (भोटे) भन्छन्, ‘सरकारी उपस्थिति नहुँदा दुर्गममा आएर हाम्रो पढाइको जिम्मा विदेशीले लिनुपरेको छ।’

गाउँ पुग्न सदरमुकाम दुनैबाट तीन दिन हिँड्नुपर्छ। ८ कक्षा पूरा गरेपछि काठमाडौं जाने अवस्था नभइदिएको भए सबै विद्यार्थी दुनै बजार गए कक्षा ९ मा पढ्न बाध्य हुन्थे। ‘तर, दुनै गएर पढ्ने हैसियत यो गाउँका कसैसँग छैन’, वडाध्यक्ष थापा भन्छन्, ‘पहिलो कुरा त पढ्नुपर्छ भन्ने चेतना फैलाउनै कठिन हुन्छ। त्यसमाथि गाउँमा स्कुल छैन भने तीन दिन हिँडेर कसले पढ्ने ? ’

माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्। तीनै स्थानीय तहको एक मात्र सरकारी मावि हो, तापरिचा। शे फोक्सुन्डो गाउँपालिकाको यो स्कुल स्विस र अमेरिकी संस्थाको सहयोगमा चलिरहेको छ। ती संस्थाले वार्षिक ७० लाख रुपैयाँ खर्च गरिरहेको डोल्पा सामाजिक सहयोगका लागि तापरिचाका प्रोजेक्ट कोअर्डिनेटर सेम्दुक लामा बताउँछन्। यही संस्थामार्फत तापरिचा स्कुलमा विदेशीले लगानी गरिरहेका छन्।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।