मदिराको भूमिगत ट्याङ्कीमा खसेर पांच जनाको मृत्यु

मदिराको भूमिगत ट्याङ्कीमा खसेर पांच जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर– घरेलु मदिरा उत्पादन गर्न बनाइएको भूमिगत टयाङ्कीमा परेर एकै परिवारका चार सहित पाँच जनाको मृत्यु भएको छ। बाराको फेटा गाँउपालिका वडा नम्बर ४ बतरा गाउँ बस्ने जोगा मुखिया बिनको घरमा बनाइएको भूमिगत ट्याङकीभित्र घरधनी मुखियासहित ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ४० वर्षीय मुखिया बिन, उनकी श्रीमति ३७ वर्षीया वर्षीया लालमुनि देवी, छोरी १० वर्षीया सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र मदिरा भट्टीमा काम गर्ने भारतको बहुकठवाका ५५ वर्षीय गुलाबचन्द मुसहर रहेका छन्।

घरेलु रक्सी उत्पादनका लागि घरभित्रै बनाइएको भूमिगत टयाङ्कीमा बुधबार बेलुकी साढे ७ बजेतिर गुलाब चन्द पसेका थिए। टयाङ्कीभित्र पसेका गुलाब चन्द, बाहिर ननिस्किएपछि उनलाई हेर्न टयाङ्कीभित्र पालै पालो पसेका घरमुली जोगासहित अरु चार जनाको पनि मृत्यु भएको हो। जोगा मुखियाको घरमा लामै समयदेखि अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको थियो।

गत भदौ २३ गते प्रहरीले उनको घरमा छापा मारेर छतमा बनाइएको रक्सी उत्पादन गर्ने भट्टी र भाँडाकुडा नष्ट गरेको थियो। त्यसको केही दिन नबित्दै मुखियाले चाडबाडको समयको अवसरको मौका छोपी घरभितत्रै सिमेन्टको भूमिगत टयाङ्की बनाएर पुनः घरेलु रक्सी उत्पादन गर्दै आएका थिए।

अहिले मृतकहरुको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । उनका अनुसार भुमिगत रुपमा ५ फिट गहिरो पक्की घर (ट्याङ्की) निर्माण गरी उनले मदिरा उत्पादन गर्न थालेका थिए ।

घरभित्र चारैतिरबाट पर्खाल लगाएर टयाङ्कीभित्र मदिरा बनाउनका लागि कुहिएका विषाक्त सामाग्रीहरु त्यहाँ हाल्ने गरिन्थ्यो । सबैजनाको मदिरा उत्पादन गर्दा बन्ने ग्यासका कारण निसासिएर मृत्यु भएको अनुमान गरिएको छ ।