काठमाडौं – कास्की, धनकुटा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
कास्की, पोखरा महानगरपालिका-७ स्थित सडकमा ग.१४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक पोखरा महानगरपालिका-८ नागढुङ्गा बस्ने २२ वर्षीय फिन्जु लामा शेर्पाको गण्डकी मेडिकल कलेजमा
उपचारको क्रममा मृत्यु भएको छ ।
धनकुटा, चौबिसे गाउँपालिका.३ गढीगाउँस्थित सडकमा को.२ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १७ वर्षीय लक्ष्मण तामाङको घोपा अस्पताल धरानमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ । ट्याक्टर र चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ भैरवडाँडास्थित सडकमा ना.६ त ४५३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ बस्ने १९ वर्षीय सौरब दर्लामीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया