पर्सा – लागूऔषध मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२३ सबैठवा बस्ने ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा २०७१ कात्तिक १० गतेदेखि फरार कुशवाहलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१३ स्थित राधेमाई चोकमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया