कृष्णबहादुर महराले फिर्ता गरे गाडी र सुरक्षाकर्मी

कृष्णबहादुर महराले फिर्ता गरे गाडी र सुरक्षाकर्मी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– निर्वतमान सभामुख कृष्णबहादुर महराले सभामुखको हैसियतले पाएको सरकारी सुविधा फिर्ता गरेका छन् ।

महराले बिहीबार सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका हुन् । गाडी संसद सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको छ ।

महराले बा२झ १२६८ नम्बरको ल्याण्डक्रुुसर गाडी चढ्दै आएका थिए । यस्तै क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ प्रहरी उनको सुरक्षामा खटिएका थिए ।

संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीले यौनदुव्र्यवहारको आरोप लागेपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । उनलाई आरोप लगाउने शाहीले आरोप लगाएको भोलीपल्ट आफुले आक्रोसमा आएर महरामाथी आरोप लगाएको भएपनि यौन दुव्र्यवहार भने नगरेको बताएकी थिईन् ।