सी को भ्रमण: कर्मचारीलाई स्ट्यान्डबाई रहन सर्कुलर 

सी को भ्रमण: कर्मचारीलाई स्ट्यान्डबाई रहन सर्कुलर 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सरकारले सबै मन्त्रालयका कर्मचारीलाई स्ट्याडबाईमा राख्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयलाई सर्कुलर गर्दै दशैं पर्वको बिदामा पनि आफू मातहतका कर्मचारीलाई आवश्यक परेको समयमा स्ट्यान्डबाई राख्न निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार दशैंबिदाकै समयमा पनि आवश्यक पर्दा कर्मचारी आउन पर्न सक्ने गरी व्यवस्थापन गर्न मन्त्रालयलाई पत्राचार गरिएको छ। नछोड्न सर्कुलर गरिएको छ। दशैंमान्न जानेलाई पनि २२ असोजमा नै फर्कन भनिएको छ। सीको भ्रमण हुनै लाग्दा नेपाल र चीन दुवै मुलुकले तयारी तीव्र पारेका छन्।

राजधानी काठमाडौंका महत्वपूर्ण सडक खण्ड रातारात पिच गर्न थालिएको छ। राष्ट्रपति सीको भ्रमणको तयारीस्वरूप बुधबार चीनबाट ७४७–८०० विमान रेकीका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी पुनः बेइजिङ फर्केको थियो। राष्ट्रपति सीको भ्रमणको विषयमा विभिन्न अध्ययन तथा तयारी भएको भए पनि औपचारिक मितिको भने घोषणा गरिएको छैन।

सुरक्षालाई ध्यानमा राखेर मिति घोषणा नगरिएको हो। सीको नेपाल भ्रमणलाई उच्च कूटनीतिज्ञहरूले समेत विशेष चासोका साथ हेरेका छन्। २३ वर्षपछि चीनको उच्चस्तरीय भ्रमण हुन लागेका कारण पनि यसलाई महत्वपूर्णका साथ हेरिएको छ। याे समाचार राजधानी दैनिकमा छ ।