रसुवागढीबाट २ दिनमा ६२ हजार किलो प्याज आयात

रसुवागढीबाट २ दिनमा ६२ हजार किलो प्याज आयात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा – रसुवागढी नाकाबाट २ दिनमा ६२ हजार ५ सय ८० किलो प्याज आयात भएको छ । भारतले प्याज आयातमा रोक लगाएपछि चीनबाट आयात हुन थालेको हो ।

गत शनिबार र सोमबार गरी दुई दिनमा ६२ हजार ५ सय ८० किलो प्याज आयात भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । चालू आर्थिक वर्षको दुई महिनामा पहिलो पटक यो नाकाबाट यति धेरै प्याज आयात भएको हो ।

दुई दिनमा ३१ लाख ९३ हजार ६ सय २१ रुपैयाँ मूल्य बराबरको प्याज आयात भएको छ । नाकाबाट धेरै मात्रामा लसुन आयात हुने गरेको छ । भारतले प्याज आयातमा रोक लगाएपछि व्यापारीहरु चीनतर्फ लागेका हुन् । यसअघि यहाँबाट न्यून परिमाणमा प्याज आयात हुँदै आएको थियो ।

आर्थिक वर्ष ०७५/७६ मा प्याज आयात नभएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेका वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदिप घिमिरेले बताए । मागको तुलनामा नेपालमा प्याज उत्पादन हुन सकेको छैन । जसका कारण चीन र भारतबाट आयात हुने गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा भारत र चीनबाट १६ करोड ७९ लाख केजी प्याज आयात भएको भन्सार विभागसँग तथ्यांक रहेको छ ।याे समाचार कान्तिपुर दैनिकमा छ ।