जनकपुरधाम – धनुषा प्रहरीले नलकटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको परिकौली घर भएका २० वर्षीय आनन्द पाठक रहेका छन्।
विशेष सुरक्षा योजनाअन्तर्गत चेकजाँचका क्रममा जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाबाट पाठकलाई एक थान नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।




प्रतिक्रिया