लुकाई छिपाई ल्याएको चाँदी सहित एक पक्राउ

लुकाई छिपाई ल्याएको चाँदी सहित एक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी –लुकाई छिपाई ल्याएको १० केजी ९ सय ग्राम चाँदी सहित प्रहरीले  एक जनालाई पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका-२ खैरा चोकमा लुकाई छिपाई ल्याएको १० केजी ९ सय ग्राम चाँदी सहित भारत बिहार हनुमानजी नगर-१ बस्ने २५ वर्षीय सिताराम साहुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जनकपुरबाट भिठ्ठामोडतर्फ जाँदै गरेको ज.१२ प ७३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा साहुको साथमा राखेको २ केजी ४ सय ग्राम तथा मोटरसाइकलको ट्याङकीमा लुकाई छिपाई राखेको ८ केजी ५ सय ग्राम गरी उक्त परिणामको चाँदी फेला पारेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।