काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आफ्नो मुलुकले अघि सारेको ’इन्डो-प्यासिफिक स्ट्राटिजी’ रणनीतिमा नेपाललाई सहभागी गराउन आफूहरुले प्रयास नगरेको बताएका छन् ।
राजदूत बेरीले शुक्रबार बिहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग भेटेर आफ्नो मुलुकले अघि सारेको इन्डो–प्यासिफिक रणनीति अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउन नभएको समेत बताए ।
‘‘इन्डो–प्यासिफिक रणनीति कुनै सैन्य संगठन होइन । यो कुनै राजनीतिक मोर्चा पनि होइन,’ अमेरिकी राजूदत बेरीसँग भनाइ उधृत गर्दै वरिष्ठ नेता खनालले भने, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न प्रयत्न गरिरहेका छैनौं भने ।’
राजदूत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो मुलुकले अघि सारेको ’इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताउनु भएको नेता खनालले जानकारी दिए। त्यस अवसरमा राजदूत बेरीले सो स्ट्राटिजी कुनै सैन्य वा राजनीतिक गतिविधि अघि बढाउनका लागि नभएको पनि स्पष्ट पारे।
यता, वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदूत बेरीलाई दिएका थिए।




प्रतिक्रिया