सुचना चुहाइएको आरोपमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रमुख हटाइए

सुचना चुहाइएको आरोपमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रमुख हटाइए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको सुचना चुहाएको आरोपमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा महाप्रवन्धक राजकुमार क्षेत्री तानिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई बिहीबार सांझ सचिवालयमा तानेको हो ।

क्षेत्रीले राष्ट्रपति सी को भ्रमणअघि १५ असोजमा एअर चाइनाको विमानले गरेको परीक्षण उडानको सुचना चुहाएको आरोप लागेको हो । नेपालस्थित चिनियां दूतावासले पनि यो विषयमा सरकारको ध्यानआकर्षण गराएको बताइन्छ । उनलाई यो बारेमा काठमाडौंपाटीले सम्र्पक गर्दा पछि कुरा गर्ने भन्दै फोन राखे ।

उनको ठाउंमा सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिइएको छ । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने क्षेत्रीको सरुवा नियमित भएको दाबी गरे ।