दसैंमा अस्पतालको बास

दसैंमा अस्पतालको बास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही – लुम्बिनी प्रादेशिक अस्पतालको बेडमा पल्टिएर मोबाइलमा दसैं गीत सुनिरहेका थिए उनी । मलिन मुहार, गलेको शरीर । बोली सुस्त । अर्घाखाँचीको शीतगंगा नगरपालिकाका नारायण घमा १० दिनदेखि थला परेका छन् । चिकित्सकका अनुसार उनको अवस्था सुधारोन्मुख छ तर डिस्चार्ज मिल्ने छैन ।

चाडबाडमा थलिएपछि निराश देखिएका उनलाई घरको सम्झनाले उत्तिकै सताएको छ । सुरुमा ज्वरो आयो, वास्ता गरेनन् । एकदम थलिएपछि मात्र अस्पताल आए । डेंगु र कालाजार संक्रमण भएको पुष्टि भयो । अहिले बुबा र दिदीले आलोपालो कुरिरहेका छन् । सुरुमा भर्ना हुँदा ज्वरो १ सय ४ डिग्रीभन्दा माथि थियो । अहिले कम भएको छ । रगतमा प्लेटलेट्स ७० हजारसम्म पुगेको छ, एक लाख पुगेपछि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।याे समाचार कान्तिपुर दैनिकमा छ ।