चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि सिँगारिँदै काठमाडौँ (फोटो फिचर)

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि सिँगारिँदै काठमाडौँ (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको एकदिने नेपाल भ्रमणमा राजधानी काठमाडौँलाई सुन्दर बनाउने कार्य अगाडि बढाएको छ । राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यस आसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ।

त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलबाट उनी बस्ने होटलको बाटोमा पर्ने तीनकुनेको खाली जग्गालाई पूर्णरुपमा निर्मित पार्कको रुपमा विकसित गर्न र त्यहाँ फूल र हरिया झाडी बनाउने क्रम जारी भैरहेको छ।

माइतीघरदेखि सो क्षेत्रसम्म सडकको बीचमा रहेको बगैँच पनि गोडमेल गरिएको छ भने खाली रहेका ठाउँमा फलफूलका विरुवा रोपिएको छ।
सी को स्वागतका लागि काठमाडौं रातारात सिंगारिँदै छ। सडकका खाल्डाखुल्डी पुरिएका छन् भने रंगरोगन पनि जारी छ। उपत्यकाका सडक किनारा हरियाली बनाउने र सफाई अभियान चलिरहेको छ।

सडक र सडकपेटीमा पेन्टिङ गरेर चिटिक्क पार्ने काम धमाधम भइरहेको छ। यस्तै सडक पेटीमा नेपाल चिनाउने फ्लेक्स बोर्डले सजाउने काम भइरहेको छ। यस्तै पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको तीनकुने चोकमा रातारात हरियाली छाएको छ। सडक छेउछाउ हरिया विरुवा रोपिएका छन्। त्यहाँ दुबो लगाउते र चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट ओर्लिएर अगाडि बढ्दा यो हरित पार्कले स्वागत गर्ने बताइएको छ।