भारतले अरुणान्चलमा सैन्य अभ्यास गरेपछि चिनियां राष्ट्रपतिको भ्रमण प्रभावित हुन सक्ने

भारतले अरुणान्चलमा सैन्य अभ्यास गरेपछि चिनियां राष्ट्रपतिको भ्रमण प्रभावित हुन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- भारतले चीनसंग सिमा जोडिएको अरुणान्चल प्रदेशमा सैन्य अभ्यास गरेपछि चिनियां राष्ट्रपति सी जिनफिङको भारत भ्रमणको मिति सर्ने सम्भावना बढेको छ । चीनसंग सिमा जोडिएको अरुणान्चल प्रदेशमा भारतिय सेनाको पुर्वी कमाण्डले ‘हिम विजयी’ नामको सैन्य अभ्यास गरेपछि भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।

राष्ट्रपति सी को भ्रमणको पुर्वसन्ध्यामा भारतले सैन्य अभ्यास गरेपछि चीनले त्यसमा आपत्ति जनाइसकेको छ । दुवै देशले सीको भ्रमणबारे अहिलेसम्म कुनै आधिकारीक मिति सार्वजनिक नगरे पनि उनि अक्टोम्बर ११ मा भारत जाने तयारीमा रहेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

दिल्लीस्थित चिनियां राजदूत सन वुईडोङले सैन्य अभ्यासबारे भारतिय अधिकारीसंग चासो राखिसकेका छन् । चीनको चांसोपछि भारतले अभ्यास भइरहेको स्थानको नक्सासहित चिनियां अधिकारीलाई यो अभ्यास नियमित भएको रिपोर्ट बुझाइसकेको स्रोतको दाबी छ । तर, चीनका राष्ट्रपतिको भ्रमणअघि बिवादित क्षेत्रमा भारतले सैन्य अभ्यास गरेर नकरात्मक सन्देश गएको भन्दै असन्तुष्ट बनेको छ ।

अभ्यास दुई चरणमा हुने बताइएको छ । पहिलो चरणको अभ्यास भोलीदेखी बीहीवारसम्म हुनेछ भने दोस्रो अभ्यास अक्टोम्बर २० देखी २४ सम्म हुने भारतिय सेनाले जनाएको छ ।

अभ्यास सिमा रेखाभन्दा सय किलोमिटर भित्र हुने भारतले चीनलाई जानकारी दिइसकेको भएपनि भ्रमणअघि सिमाक्षेत्रमा अभ्यास गर्दा त्यसको गलत सन्देश जाने भन्दै चिनियां अधिकारीले त्यसो नगर्न सुझाएको बताइन्छ । अभ्यासमा ४ हजारभन्दा बढी सेनाले भाग लिनेछन् । अरुणान्चलमा चीन र भारतबीच सिमा बिवाद छ । भारतिय सेनाको पुर्वी कमाण्डले सैन्य अभ्यास सुरु गरेको हो । भारतिय सेनाले यो अभ्यास प्रत्येक बर्ष हुने गरेको र यसमा कसैलाई लक्षित नगरिएको दाबी गरेको छ ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियां राष्ट्रपति सीबीच भारतको ममल्लापुरमा औपचारिक वार्ता हुने तयारी भइरहेको बेला सैन्य अभ्यास भएपछि भ्रमण प्रभावित हुन सक्ने आंकलन गरिएको छ । दुवै नेताको भेटवार्ता अक्टोम्बर ११ मा हुने तय भएको छ ।

चिनियां राष्ट्रपति सी र भारतिय प्रधानमन्त्री मोदीबीच अप्रिल २७–२८ मा चीनको वुहानमा अनौपचारिक वैठक भएको थियो । त्यसपछि चीन र भारतबीचका दोक्लाम सिमा बिवाद, द्धिपक्षिय हितका मुद्दा, क्षेत्रीय मुद्दा र विश्व राजनीतिका मुद्दामा समान धारणा बनाएर अघि बढ्ने सहमती भएको थियो ।

भारतको भ्रमण सकेर चिनियां राष्ट्रपति नेपाल भ्रमणमा आउने तयारीमा छन् । सरकारले भ्रमणको तयारी तिव्र रुपमा सुरु गरिसकेको छ । भारतको भ्रमण सकेर सी अक्टोम्बर १२ मा नेपाल आउने जानकारी चिनियां पक्षले गरेपनि दुवै देशको आधिकारीक धारणा भने अहिलेसम्म सार्वजनिक भएको छैन् ।