स्टकहोम– स्वीडेनका राजधानी स्टकहोममा वर्ष २०१९ को लागि नोबेल पुरस्कारको घोषणा गरिएको छ । नोबेल पुरस्कार श्रृंखलाको पहिलो घोषणा चिकित्सा क्षेत्रमा गरिएको छ ।
यसपटक चिकित्साको नोबेल पुरस्कार अमेरिकाका विलियम जी केलियन जुनियर र ग्रेग एल सेमेन्जा तथा बेलायतका सर पीटर जे रेटक्लिफलाई दिइएको छ ।
भोली भौतिकी र लगत्तै १४ अक्टुबरसम्म सबै छ वटै विद्याको नोबेल पुरस्कारको घोषणा हुनेछ ।
चिकित्सा क्षेत्रको नोबेल पुरस्कार अक्सिजनको उपलब्धताबाट मानव कोशिकाहरुले कस्तो अनुभूति गर्दछन् र कसरी अनुकुल बन्छन् भन्ने विषयमा गरिएको शोधका लागि प्रदान गरिएको हो ।
तीन वैज्ञानिकले कोशिकाको त्यो संयन्त्र (मेशिनरी)को खोजी गरेका हुन, जसले अक्सिजनको उपलब्धताका आधारमा जीनको गतिविधिलाई सञ्चालन गर्दछन् ।
यो खोजले जीवनलाई सबैभन्दा जरुरी अनुकुलन प्रक्रियाको मेकानिज्मका बारेमा बताउंछ । यसले अक्सिजनको स्तरले कसरी हाम्रो सेलुलर मेटाबोलिज्म र शारिरिक गतिविधिलाई प्रभावित गर्दछ भन्ने विषयमा आधार प्रस्तुत गरेको छ । यसबाट एनिमिया, क्यान्सरलगायतका बिरामीको उपचारमा सहयोग पुग्ने बताइएको छ ।
स्वीडिस एकेडमीले वर्ष २०१८ र २०१९ को दुबै वर्षको लागि साहित्यको नोबेल पुरस्कारको घोषणा समेत गर्नेछ । गत वर्ष यौन उत्पीडनको प्रकरण सार्वजनिक भएपछि यो घोषणा स्थगित भएको थियो ।
यस्तो छ चिकित्सा क्षेत्रमा अहिलेसम्म नोबेल पुरस्कार पाउनेहरुको सूची ?





प्रतिक्रिया