सर्वहारा र विपन्नकोमा सरकारको अनुभूति पुगेको छ :प्रधानमन्त्री ओली

सर्वहारा र विपन्नकोमा सरकारको अनुभूति पुगेको छ :प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको बताएका छन् ।

वडादशैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा साेमबार आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रममा उनले नियम र कानून हरेक नागरिकका लागि समान रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे। वर्तमान सरकार गठनपछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताउँदै उनले हुनेखानेको भन्दा पनि हुँदा खानेको जीवनमा परिवर्तन देखिएको भने।

प्रधानमन्त्री ओलीले भने, ‘वास्तविकरुपमा जो सर्वहारा छन्, विपन्न छन्, उनीहरुमा सरकारको अनुभूति पुगेको छ।’ कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजेपनि त्यस्ता कुराले समाजमा गलत प्रभाव मात्र पार्ने छ भन्दै उनले भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकताका साथ लागि परेकाले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नुपर्नेमा जोड दिए।

 नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हरेक वर्षको दशैँंमा नवमीको दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका छन्। यस अघिका वर्षमा उनले झापाको विर्तामोडमा यो कार्यक्रम गर्दै आएका थिए। यस वर्ष भने उनले आफ्नने गृहनगर दमकमा कार्यक्रमको आयोजना गरेका हुन्।