ऋणमा रेल सम्झौता नगर्न सरकारलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

ऋणमा रेल सम्झौता नगर्न सरकारलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा परराष्ट्र मामिलाका जानकारहरुसँग बिहीवार (आज) परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको परामर्शमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट रेल ल्याउदा ऋणको जालमा नफस्न सरकारलाई सुुझाव दिएका छन् । परामर्शमा भट्टराईले रेलमार्ग बनाउँदा अनुदान र ऋणको सन्तुलन मिलाउन सुझाव दिएका हुन् ।

भट्टराईले चीनसँग रेल भन्दा सडक निर्माणमा जोड दिनुपर्ने बताए । डा. भट्टराईले प्रधानमन्त्रीले राखेको छलफलमा दिएको भन्दै ६ वटा सुझाव आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन् । चीन, भारत र अमेरिकासँग समानान्तर सम्बन्ध राख्ने, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र इन्डो प्यासिफिक रणनीति दुबैबाट लाभ लिने, नेपाललाई भारत र चीनबीचको आर्थिक सेतुको रुपमा विकास गर्न सुझाव  समेत दिएका छन् ।

त्यस्तै सीको नेपाल भ्रमणका क्रममा कर्णाली, गण्डकी र कोशी करिडोरलाई प्राथमिकता दिने, ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार र पर्यटनमा जोड दिने, चीनसँग मात्र तत्काल सुपुर्दगी सन्धी नगर्न सुझाव दिएका छन् । भट्टराईले सीको नेपाल भ्रमणका क्रममा लिपुलेकको त्रिदेशीय ब्यापार मार्गमा भारत र चीनले मात्र सम्झौता गरेकोमा त्यसलाई सच्याएर नेपाल पनि जोडिनुपर्ने, सन् १९६० को नेपाल-चीन मैत्री सन्धी अद्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुबै पक्षको हितमा संशोधन गर्न सुझाव दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने देशको आवश्यकता र स्वार्थलाई मद्दत पुग्ने तथा प्रतिफल दिने आयोजनामा मात्र चीनसँग ऋण स्वीकार गर्न सुझाब दिएको छ । ऋणमा नभई अनुदानमा बनाइदिए मात्र चीनसँग रेल सम्झौता गर्नुपर्ने कांग्रेसको भनाइ छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल लोकेन्द्र बहादुर चन्दसहित सहभागी थिए ।