राष्ट्रपति भण्डारीले पिपुल्स डेलीसंग भनिन्– नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध छ

राष्ट्रपति भण्डारीले पिपुल्स डेलीसंग भनिन्– नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको जनाएकी छिन्

नेपाल सरकारले चीन तथा चीनको कुनै पनि भुभागविरुद्ध हुने गतिविधि गर्न प्रतिबन्ध लगाएको बताउंदै राष्ट्रपति भण्डारीले नेपालले एक चीन नीतिका पक्षमा दृढतापूर्वक उभिंदै आएको बताएकी हुन

पिपुल्स डेलीसंग कुराकानी गर्दै राष्ट्रपति भण्डारीले  नेपालले पञ्चशीलतामा आधारित परराष्ट्र नीति अबलम्बन गरेको बताउंदै द्विपक्षीय सम्बन्धको आधार शान्तिपूर्ण सहअस्तित्व, भातृत्व तथा असंलग्न नीति रहंदै आएकोमा जोड दिइन

नेपाल र चीनले शताब्दियौंदेखि गहन सम्बन्ध कायम राखेको बताउँदै भण्डारीले औपचारिक सम्बन्ध स्थापित हुन अघिदेखि नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध भएको दाबी गरिन् 

चीन र नेपालबीच शताब्दियौंदेखि आर्थिक, सामाजिक सांस्कृतिक तथा जनस्तरमा सम्बन्ध रहंदै आएको छ   पिपुल्स डेलीले भण्डारीको भनाई उदृत गर्दै उल्लेख गरेको छ ,‘पछि गएर यही सम्बन्ध नै कुटनीतिक सम्बन्धको आधार बन्न पुगेको हो

पिपुल्स डेलीसंगको अन्तर्वार्तामा भण्डारीले गणतन्त्रको चीनको ७० औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिंदै चीनको विकासले छिमेकी देशहरुलाई समेत ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरिन

चीनको विकासले विश्वका सबै देशहरुले समृद्धि र शान्तिप्रेमी जनतालाई ठूलो प्रेरणा दिएको छ चीनको  विकासबाट विश्वका सबै देश लाभान्वित भएका छन् उनले अन्र्तवार्तामा भनेकी छन्

भण्डारीले चिनियां राष्ट्रपति सी जिनपिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) ले विश्वमा नै महत्व राख्ने बताइन नेपाल समेत बिआरआईको एउटा साझेदार भएको अवस्थामा यसले दुबै देशको बीचमा कनेक्टिभिटीमा बृद्धि गुर्नका साथै अन्र्तदेशीय सांस्कृतिक तथा जनस्तरको सम्बन्ध समेत प्रगाढ हुने उनको भनाई छ

राष्ट्रपति भण्डारीले बिआरआईले बिभिन्न देश र जनताकाबीच आर्थिक सम्बन्ध समेत मजबूत हुने बताईन