प्रहरीले कसैको दबाव मान्नु पर्दैन : प्रधानमन्त्री ओली

प्रहरीले कसैको दबाव मान्नु पर्दैन : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ’देश समृद्धिको यात्रामा अघि बढेकाले शान्ति सुरक्षा कायम गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

‘प्रहरीले कसैको दबाव मान्नु पर्दैन, निष्पक्ष ढंगले छानबिन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘यसले मात्रै शान्ति सुरक्षा कायम हुनसक्छ ।’देश समृद्धिको यात्रामा अघि बढेकाले शान्ति सुरक्षा कायम गरेर अघि बढ्नु पर्ने प्रधानमन्त्रीले बताए ।

‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध र्गयो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, प्रहरी प्रधान कार्यालयले शुक्रबार ६४ औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानमा कसैको दबाव नसुन्न पनि प्रहरीलाई आग्रह समेत गरे । प्रम ओलीले भने, ‘प्रहरी दिवस र अमर प्रहरी दिवस फरक फरक दिनमा मनाउने गर्नुपर्छ । प्रहरी दिवस बेग्लै उल्लासको साथ मनाउनुपर्छ । प्रहरी दिवस र अमर प्रहरी दिवस कार्यक्रम एकै दिन हुँदा उल्लासको साथ मनाउने कि श्रद्धाञ्जली दिएर दुखी हुने द्विविधा भयो ।’ कार्यक्रममा ४३ जना प्रहरीलाई अमर प्रहरी घोषित गरिएको छ ।

त्यस्तै, पूर्व एआईजी यादव अधिकारीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस वर्षको उत्कृष्ट कार्य सम्पादन तर्फको अवार्ड हाल मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ ।