यी हुन् उपप्रधानमन्त्रीसरहका चार चिनियां नेता जो सी जिनपिङसंगै काठमाडौं आउंदैछन्

यी हुन् उपप्रधानमन्त्रीसरहका चार चिनियां नेता जो सी जिनपिङसंगै काठमाडौं आउंदैछन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउंदैछन् राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनि नेपालमा भ्रमणमा आउन लागेका हुन् सीसंगै चार जना महत्वपूर्ण नेताहरु पनि काठमाडौं अवतरण गर्दैछन् उनिहरु सवै उपप्रधानमन्त्रीसरहकै हैसियत भएका नेताहरु हुन्

राष्ट्रपति सीसंगै आउने नेतामा डिङ्ग सुईसियाङ हुन्  उनि चिनियां कम्युनिष्ट पार्टीको पोलिटिकल ब्युरोको सदस्य हुन् त्यसका साथै सुईसियाङ चिनियां कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालयको महानिर्देशक समेत हुन् त्यस्तै अर्का नेता याङ जिची पनि भ्रमणमा दलमा सदस्य छन् उनी चीनको पुर्व विदेशमन्त्री र स्टेट काउन्सिलर रहिसकेका नेता हुन्   हाल उनि सिपीसीको महासचिव समेत रहेका चिनियां राष्ट्रपति सी मातहतको विदेश मामिला आयोगको निर्देशक छन् त्यसका साथै उनि पार्टीको पोलिटिकल ब्युरोको सदस्य समेत हुन्

भ्रमण दलमा अर्का नेता हुन् विदेशमन्त्री वाङ यी उनि चीनको स्टेट काउन्सिलर समेत हुन् वाङ नेपालसंग परिचित नेता समेत हुन् उनि पनि उपप्रधानमन्त्रीसरहकै चिनियां नेता हुन् गत महिना मात्र उनले नेपालको भ्रमण गरेका थिए

सीको टोलीमा ही लिफेङ्ग समेत रहेका छन् राष्ट्रिय विकास र सुधार आयोगसम्बन्धी क्षेत्र हेर्ने मन्त्री ही चिनियां राष्ट्रपति सीका अति विश्वासिला नेता हुन् उनले यसअघि फुझोओ,तेन्जिन र सेयामिनमा पार्टी प्रमुख भएर काम गरेका थिए त्यसका साथै चिनियां राष्ट्रपति सी फुजियान प्रान्तमा कार्यरत हुंदा हिले निकट सहयोगी भएर मातहतमा काम गरेका थिए  

टोलीमा चिनियां कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओ समेत नेपाल आउंदैछन् उनि चीनको बहालवाला मन्त्री समेत हुन् गत महिना मात्र ताओ नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल भ्रमणको क्रममा काठमाडौं आएका थिए

 

चिनियां राष्ट्रपति सी जिनपिङ आज आउंदै,यस्तो छ भ्रमणतालिका