चीनियां राष्ट्रपति सी जिनपिङ आज आउंदै,यस्तो छ भ्रमणतालिका

चीनियां राष्ट्रपति सी जिनपिङ आज आउंदै,यस्तो छ भ्रमणतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउंदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनि नेपालमा भ्रमणमा आउन लागेका हुन् । नेपालको राजकीय भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो स्वागत गर्ने भएकी छन् । प्रधानमन्त्री केपी ओलीसहित मन्त्रिपरिषद्का सदस्यहरू पनि स्वागतका लागी विमानस्थल जानेछन् ।

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम समेत छ ।

सन् १९९६ मा तत्कालीन चिनियां राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियां राष्ट्र प्रमुखबाट नेपालको भ्रमण हुन लागेको हो ।

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तो छ भ्रमण तालिका-

शनिबार

बेलुकी ४ः३० बजे त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा अवतरण ।

६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसंग शीतलविनासमा भेटवार्ता ।

७ः३० बजे राष्ट्रपति सीको सम्मानमा सोल्टी होटलमा रात्रिभोजमा सहभागी ।

आइतबार

बिहाज १०ः ३० नेकपा अध्यक्ष प्रचण्डसंग भेटवार्ता

११ बजे प्रधानमन्त्री ओलीसंग भेटवार्ता त्यसपछि द्धिपक्षिय सम्झौतामा हस्ताक्षर

१२ः३० कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता

१ बजे स्वदेश फिर्ता ।