आइतबार सुनको मूल्य घट्यो

आइतबार सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा २ सयले घटेर ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य भने ७० हजार १ सय रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।