काठमाडौं – संसद सचिवालयकी एक जना कर्मचारीलाई बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बयानको लागि सरकारी वकिल कार्यालय पुर्याइएको छ । महरासँग जिल्ला सरकारी वकिलले बयान लिन सुरु गरेको हो ।
बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नर्भिक अस्पताल भर्ना भएका महरालाई अस्पतालबाट सीधै सरकारी वकिल कार्यालयमा लगिएको हो । महराले यसअघि प्रहरीलाई बयान दिन अस्वीकार गरेका थिए ।
अनुसन्धानका लागि अदालतले दिएको म्याद आज सकिएको छ । असोज १९ गतेबाट लागू हुने गरी १३ दिने म्याद थप भएकोमो उक्त अवधि सकिएको हो । तर, प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन । बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो ।
प्रहरीले महराको बयानपछि अनुसन्धानको अभियोगपत्र तयार पारेर सरकारी वकिललाई बुझाउनेछ । सरकारी वकिल कार्यालयले अनुसन्धान सही लागेमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराउनेछ ।
असोज २८ गते म्याद थप भएको थियो। असोज १९ गतेबाट लागू हुनेगरी १३ दिन म्याद थप भएको थियो ।
अदालतले दिएको समयसीमा सकिएपछि प्रहरीले महरालाई आइतबार पुनः अदालतमा उपस्थित गराउने तयारी गरेको छ । साथै अनुसन्धानका लागि थप प्रक्रिया पनि अघि बढाएको छ ।
डिएसपी कृष्ण चन्दको नेतृत्वमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।




प्रतिक्रिया