काठमाडौं । केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ मा युवालाई अवसर दिने भएको छ । विभागले आइतबार पत्रकार सम्मेलन गरी जनगणनामा शिक्षकहरुलाई नखटाएर ५२ हजार युवालाई अवसर दिने निर्णय गरिएको जनाएको हो ।
विभागले ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिने जनाएको छ । तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।




प्रतिक्रिया