मलेसिया गएका दाङका मोहन केसीको ज्यान गयो

मलेसिया गएका दाङका मोहन केसीको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रोजगारीका लागि मलेसिया गएका दाङका एक जनाको ज्यान गएको छ ।

शान्तिनगर गाउँपालिका २ को बाघमारे भन्ने ठाउँका ४२ वर्षीय मोहन केसी (कान्छो) को गएको असोज २९ गते नेपाली समयअनुसार बेलुका साढे चार बजेतिर ज्यान गएको हो ।

दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि उनलाई मलेसियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा ज्यान गएको आफन्त सुरेश ओलीले बताए ।

केसी डीएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ को रुपमा काम गर्न एक महिनाअघि मात्रै मलेसिया गएका थिए । उनको शव सोमबार नेपाल ल्याउने तयारी भएको ओलीले जानकारी दिए ।