काठमाडौं – बेलायती कलाकार रोवन एटकिन्सन अर्थात् ‘मिस्टर बिन’ का छोरा बेन्जामिन बेलायती सेनाको गोर्खा रेजिमेन्टमा आवद्ध भएका छन् । गोर्खा रेजिमेन्टमा भर्ना भएका उनले अढाइ महिना नेपाली भाषा सिकेको नेपाली टाइम्सले जनाएको छ ।
२६ वर्षीय बेन्जामिन बेलायती सेनाका लेफ्टिनेन्ट हुन् । गोर्खामा आवद्ध हुन नेपाली भाषा र संस्कृति बुझ्नुपर्ने मापदण्ड अनुरूप उनी नेपाल आएका थिए ।बेन्जामिनले छोटो समयमा नै नेपाली भाषा सिकेर सरप्राइज नै दिए । तर, उसलाई अरेबिक र स्पेनिस भाषाले पहिले नै सिकेका कारण नेपाली भाषा बुझ्न सहज भयो,’ ब्रिटिस गोर्खाका एक जना महिलाले भनिन् ।
उनले नेपाली गोर्खाहरूका योगदानका बारेमा पनि जानकारी लिएका गोर्खा ब्रिगेड एसोसिएसनको विज्ञप्तिमा उल्लेख छ । बेन्जामिनका बुबा रोवन अर्थात् ‘मिस्टर बिन’ संसारभर चर्चित कलाकार हुन् ।





प्रतिक्रिया