नवलपरासी – गस्तीमा खटिएका सुरक्षाकर्मीलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएका छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका–७ मा गत राति गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चोरामारामा कार्यरत सशस्त्र प्रहरी जवानहरु लालसिंह तामाङ र डम्बर खप्तडी र मोटरसाइकल चालक रहेका छन् । घाइते मोटरसाइकल चालकको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनालाई उपचारको लागि चितवनस्थित कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएको स्थानीय प्रहरीले जनाएको छ ।




प्रतिक्रिया