सार्की भन्दै कांग्रेसबाट निर्वाचित वडासदस्यले कुटे मजदुर

सार्की भन्दै कांग्रेसबाट निर्वाचित वडासदस्यले कुटे मजदुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचि वडासदस्यले एक जना मजदुरमाथि कुटपिट गरेका छन्् । पाल्पको तिनाउ गाउँपालिका – ६ का वडासदस्या चित्रबहादुर विष्टले स्थानीय ५१ वर्षीय मनबहादुर नेपालीमाथि निर्घात कुटपिट गरेका हुन् ।

विष्टको घरमा प्लाष्टर गरेर ज्यालाको हिसाबकिताब गर्दा उल्टै उनीमाथि कुटपिट भएको पीडितले बताएका छन् । उनले आफूले काम गरेको ज्याला १२ हजार भएको उक्त रकम माग्न जाँदा उल्टै कुटेर पठाएको गुनासो गरेका छन् ।

आफूलाई तल्लो जाति सार्की भन्दै कुटपीट गरेको आरोपसहित नेपालीले वडा सदस्य विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार निवेदन दिएका छन् ।