पाँच मिनेटमै पुगिने गरि थानकोट–चित्लाङ पनि सुरुङमार्ग बनाउँछौं : प्रधानमन्त्री ओली

पाँच मिनेटमै पुगिने गरि थानकोट–चित्लाङ पनि सुरुङमार्ग बनाउँछौं : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच मिनेटमै पुगिने गरि थानकोटदेखि–चित्लाङसम्म पनि सुरुङमार्ग बनाउने बताएका छन् ।
सोमबार चन्द्रागिरी नगरपालिकामा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले टोखा छहरे पछि पाँच मिनेटमै पुगिनेगरि थानकोटदेखि चित्लाङसम्म सुरुङमार्ग बनाउने बताएका हुन् ।

‘टोखा छहरे, बेत्रावेंशी स्याप्रुवेंशी, नागढुंगा सिस्नेखोलामा सुरूङमार्ग बन्दैछ,’ उनले भने, ‘थानकोटदेखि छेडेर चित्लाङसम्म पनि सुरूङ खन्छौं । पाँच मिनेटमै पुगिने गरी बाटो बनाउँछौं ।’ अहिले थानकोटबाट चित्लाङ पुग्न पन्ध्र किलोमिटरको बाटोका लागि एक घण्टा समय लाग्ने गरेको छ ।

उनले मुलुकलाई समृद्धिको नयाँ उचाईमा पुर्याउन सरकारले चौतर्फी रुपमा बिकासका कामहरु ग्रिरहेको दाबी गरे । ‘कुरा गर्ने मान्छेको मुख थुन्न सकिँदैन, कुरा गर्नेहरु गरिरहन्छन् । सरकारले चौतर्फी रूपमा विकासका काम गरिराखेको छ । मुलुक विकास र समृद्धिको थप नयाँ उचाईमा पुगेको छ ।’

प्रधानमन्त्री ओलीले इतिहासमै नभएको काम अहिलेको सरकारले गरेको दाबी गर्दै भने, ‘एक लेनको सडक बनाउन छाडियो । चार, छ लेनको सडक बनाउन थालिएको छ । यो वर्ष १६ सय किलोमिटर सडक कालोपत्रे गरियो । दुई सय ४३ वटा पुल निर्माण भए,’ उनले भने, ‘इतिहासमा यति धेरै बाटो कहिल्यै बनेको थिएन ।’

‘मैले कोसी र गण्डकीमा पानीजहाज ल्याउँछु भनेँ, मान्छेहरूले मजाकमा उडाए,’ उनले भने, ‘निजी क्षेत्रबाट नदीहरूमा स्टिमर सञ्चालन हुन थालिसके, पानीजहाज चलाउने गरी अध्ययन गरिराखेका छौं, चाँडै नै पानीजहाज पनि चल्नेछ’ उनले भने ।