नेपाल-अष्ट्रिया उर्जासंयन्त्रको बैठक : दुधकोशी र तामाकोशी पांचमा लगानी गर्ने समझदारी

नेपाल-अष्ट्रिया उर्जासंयन्त्रको बैठक : दुधकोशी र तामाकोशी पांचमा लगानी गर्ने समझदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र अष्ट्रिया उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन् । नेपाल र अष्ट्रियाबीच बनेको उर्जा संयन्त्रको पहिलो सचिवस्तरिय बैठकमा दुवै देश उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका हुन् । काठमाडौंमा सोमवार बसेको संयन्त्रको पहिलो वैठकमा नेपालको तर्फबाट उर्जामन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाको तर्फबाट त्यहांको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर सहभागी हुनुहुन्थ्यो । सम्झौतापत्रमा नेपालको तर्फबाट उर्जामन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टीलरले गरेकी थिईन् ।

संयन्त्रको पहिलो बैठकमा ६ सय ३५ मेगावटको दुधकोशी र १ सय मेगावाटको तामाकोशी–५ जलविद्युत आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत आयोजनाहरुको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमती भएको उर्जामन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिए । त्यसैगरी नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिको लागी समेत प्राविधिक सहयोग गर्ने समझदारी बनेको छ ।

र्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा समकक्षी एन्दे्रईस रेईकार्डसंग सो सहमति पत्रमा हस्ताक्षर गर्दै ।

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा गत जेठ ८ मा हस्ताक्षर भएको थियो । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहांका समकक्षी एन्दे्रईस रेईकार्डसंग सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो । दुई देशबीच उर्जाको क्षेत्रमा आर्थीक लगानी, प्राविधीक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने उक्त सहमतीमा उल्लेख थियो । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमुह बनाएर काम गर्ने समझदारी समेत त्यतिबेला भएको थियो ।

समझादरीअनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने समझदारीअनुसार सोमबार दुवै पक्षबीच उक्त सहमती भएको हो । मन्त्री पुनले उर्जामन्त्रालयको कार्यभार सम्हालेसंगै चीन, वङगलादेश र अष्ट्रियासंग उर्जासमझदारीमा हस्ताक्षर भएको छ । त्यसका साथै भारतसंग इनर्जी वैङकिङ, अन्र्तदेशिय प्रशारण लाईन, पिटिएको गाइड लाइन समेत संशोधन भएको छ ।

उर्जामन्त्रीसंग अष्ट्रियन प्रतिनिधीमण्डलको भेटवार्ता
उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनसंग अष्ट्रियाको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर नेतृत्वको प्रतिनिधीमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । उर्जा संयन्त्रको वैठकमा सहभागी हुन नेपाल आएको उक्त टोलीले मन्त्री पुनसंग सोमबार भेटवार्ता गरेको हो ।

भेटमा सल्लाहकार सोन्जा स्टीलरले नेपालको जलविद्युत क्षेत्रका दुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिएकी थिईन ।

मन्त्री पुनले उर्जासंयन्त्रको पहिलो बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने अष्ट्रिया सरकारको निर्णयप्रति आभार व्यक्त गर्नुभएको थियो । उहांले जलविद्युत क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै अष्ट्रियासंग नेपालले उर्जा समझदारीमा हस्ताक्षर गरेको युरोपको पहिलो देश भएको जानकारी दिनुभयो ।

मन्त्री पुनले आगामी दिनमा दुवै देशबीच उर्जाको क्षेत्रमा आर्थीक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्न संयन्त्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।