तीन दिनको मौसम : पहाडी क्षेत्रमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

तीन दिनको मौसम : पहाडी क्षेत्रमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (मंगलबार) देशभरको मौसम बदली भएको छ । अरब सागरको पूर्वी मध्य भागमा विकसित न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिन पहाडमा हल्का वर्षा तथा दुई दिन हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार आज दिउँसो मध्य र पूर्वी पहाडका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने राति पनि मौसमको अवस्था यस्तै रहनेछ । काठमाडौं उपत्यकामा पनि साँझपख हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

बुधबारः
दिउँसोः त्यसैगरि बुधबार दिउँसो पनि पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने राति मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिम पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

रातिः उच्च हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार:
दिउँसोः बिहिबार दिउँसो मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

रातिः यस्तै सो राति पनि मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।