काठमाडाैँ—सरकारले बत्तिको पर्व तिहार मर्यादीत र सभ्य रुपमा मनाउन आह्वान गरेको छ। गृह मन्त्रालयले तिहारमा पटका नपट्काउन तथा देउसी भैलोजस्ता मनोरञ्जनात्मक कार्यक्रममा नकारात्मक असर पार्ने खालका गीत/संगीत तथा श्रव्य दृश्य सामग्रीहरूको उत्पादन, गायन, प्रसारण विक्री/ वितरण नगर्न/नराउन आग्रह गरेको हाे।
गृह मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता कार्य गरे वा गराएमा प्रचलित कानुनअनुसार कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।
यसैगरी दीपावली मनाउने क्रममा भुइँचम्पा, पटाका, आतशवाजीजस्ता विष्फोटक पदार्थहरूको उत्पादन आयात-निर्यात खरिद/ विक्री वितरण ओसारपरसार तथा प्रयोग नगर्न/ नगारउन समेत सरकारले अनुरोध गरेको छ।
मन्त्रालयले साथै यात्रामा सहजीकरण गर्न सुरक्षा निकायहरुबाट सहायता कक्ष राखिने र कुनै गुनासो भएमा सुरक्षा निकायलाई खबर गर्न पनि अपील गरेको छ ।




प्रतिक्रिया