गाउँपालिका उपाध्यक्षले फोनमा जेठाजुलाई अपशब्द प्रयोग गरेपछि…

गाउँपालिका उपाध्यक्षले फोनमा जेठाजुलाई अपशब्द प्रयोग गरेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामी सामाजिक सञ्जालको कमेन्टको विषयलाई आलोचित बनेकी छन् ।

उनको फेसबुक पोष्टमा राजू जाग्री नाम गरेको व्यक्तिले घुस खाएको कमेन्ट गरेपछि उनले अपशब्द प्रयोग गर्दै प्रतिवादमा उत्रिएकी थिइन् । उपाध्यक्षले प्रयोग गरेको शब्दलाई लिएर चर्को आलोचन भएको हो ।

फेसबुकको कमेन्टको विषयलाई लिएर उपाध्यक्ष ठगुन्न र जाग्रीबीच टेलिफोन सम्वाद हुन्छ । रिसले चुर भएकी उपाध्यक्षले अपशब्द प्रयोग गर्दै जाग्रीलाइ झपार्छिन् । उनीहरुबीचको टेलिफोन सम्वाद सुन्ने नसकिने छ ।

गत कात्तिक ३ गते सामाजिक सञ्जाल फेसबुकमा ठगुन्नाले एउटा फोटोसँग्ै स्टाटस् लेख्दै भनेकी छन्, ‘कहिले काँही यसरी निदाइदिन मन लाग्छ कि मेरो आँखाले अर्को बिहानी देख्न नपरोस मेरो कानले अरुको बोली सुन्न नपरोस, अनि मेरो मुटुले धड्कनलाई पूरा बेवास्ता गरेर छोडीदेउ अनि कसैको रुवाइको मलाई कुनै अवगत नहोस अनि टाढिन खोज्नेहरुलाई सधैंलाई छुटकरा मिलोस…अन्धो त थिएन म तर
मानवहरुलाई चिन्नै सकिन…आफ्नो जीवनसँग् आफैं ।’

माथिको स्टाटसमा कमेन्ट गर्दै राजु जाग्रीले लखेका छन्, ‘चिन्ता परो झन् रोयको रोय छ यो मन घुस खानाले डरले चिन्ता परो झन् ।’

जवाफमा उपाध्यक्ष ठगुन्नाले अपशब्द प्रयोग गर्दै भनेकी छन्, ‘तेरो बाउले दियो घुस । साला कति दिएको थिइस् कुकुर… मान्छे चिनेर बोल साला …..(अपशब्द)’

राजू जाग्री

सार्वजनिक पद धारण गरेको व्यक्तिले अपशब्द प्रयोग गरेको भन्दै उपाध्यक्षको तिव्र आलोचना भएको छ । नाताले ठगुन्ना र जाग्री जेठाजु बुहारी भएको बताइएको छ ।

 

उपाध्यक्ष ठगुन्ना र जाग्रीबीचको टेलिफोन सम्वादको संक्षिप्त अंशः

निशाः हेलो, अँ के भनिराको हो ?
राजुः के भनिराछु मैले ?
निशाः के लेखेको छ म्यासेजमा ? तैले कमेन्टमा के लेखिस् ?
राजुः के लेखें मैले तलाई ?
निशाः तलार्ई भनिराछु, के लेखेको छस् भन्न पैला…
राजुः भेटेर कुरा गरौंन । के भनेको छु मैलै ?
निशाः तैले भेटेर मलाई कति पैसा दिएको छ र ……(अपशब्द प्रयोग हुन्छ)
राजुः ए… तपाईको सभ्य भाषा यही हो ?
निशाः सभ्य भाषाको कुरा नगर कि मेरो पोष्टमा तैले कमेन्ट गर्ने के अधिकार छ ?
राजुः कमेन्टमा के भनेको छु मैले ?
निशाः घुस खायो भनेको छस् । तैले मलाई कति घुस दिएको छस् भन् ?
राजुः के घुस खायो भनेको छु मैले ?
निशाः भनेको छैनस् तैले ?
राजुः त्यो चुहानको जुवाईलाई थाहा होला नि ?
निशाः के भनिस् ? तैले घुस खाइस भनेर कमेन्ट किन गरिस् ?
राजुः त्यो त पैसा उडाएको बाल शिक्षाले बताउला नि !
निशाः हामीले कसैबाट एक रुपैयाँ खाएको छ भने मेरो सन्तानको नास होस । बुझिस की नाई !
राजुः बाल शिक्षाले बताउँछ
निशाः मा साले खाते…………तेरो बाउलाई ल्याएर मैले ….. गराउँछु कि गराउँदिन
राजुः ल गरागरा…अहिले गरान । तेरो कल रेकर्ड भइराखेको छ अहिले गरान
निशाः मासला खाते, कुकुर तैले दिएको छस् र खानलाई ? कसैको एक रुपैयाँ खाएको छु भने तेरो बाउले खाएको होला ? साला …..अपराधी सा…..(अपशब्द)
राजुः ल ठिक छ त्यो आउला नि भोली ।
निशाः अपराधी मा……(अपशब्द)
राजुः अरु भन भन…
निशाः के भन भन भनिराछ तँ ?
राजुः भन्नुस भन्नुस उपाध्यक्ष ज्यू ।
निशाः तेरो अवकात हामीले जानेका छैनौं ? मा……(अपशब्द)
राजुः भन्नुस्
निशाः मान्छेले केही न केही बुझेर कुरा गर्नुप्र्छ क्या
राजुः ललल तैले धेरै….