पशुपति आर्यघाटका कामदार आन्दोलनमा

पशुपति आर्यघाटका कामदार आन्दोलनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पशुपति आर्यघाटका कामदार आन्दोलनमा उत्रिएका छन् । पशुपति आर्यघाटका कामदारहरूले आफूहरूको माग पूरा नभए अनिश्चितकालसम्मका लागि पशुपतिमा दाहसंस्कार गर्ने काम बन्द गर्ने चेतावनी दिएका छन् ।

एउटा शव जलाएवापत कामदारले १ हजार २ सय पाउने गरेको पैसा बढाएर दुई हजार नपुर्याएसम्म आजै (बुधबार) देखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्ने काम बन्द गर्ने चेतावनी दिएका हुन् । यस्तै कामदारको स्वास्थ्य उपचारको पनि उचित व्यवस्था हुनपर्ने माग पशुपति आर्यघाटका कामदारले पशुपति क्षेत्र विकास कोषसँग गरेका छन् ।

पशुपति क्षेत्र विकास कोष र पशुपति आर्यघाटका कामदारबीच अहिले वार्ता भइरहेको छ । घाट सेवा केन्द्रका सम्पूर्ण कामदारका नाममा ब्यानर सूचना जारी गर्दै वार्ता सफल नभए हड्तालमा उत्रिने चेतावनी कामदार बिदूर बुढाथोकीले जानकारी दिए ।