चाबहिलको मूल सडकमै घर भत्कियो

चाबहिलको मूल सडकमै घर भत्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको चाबहिलमा मुल सडकमै घर भत्किएको छ ।  बुधबार दिउँसो चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएपछि घरले पुरिएर दुई जना घाइते भएका छन् ।

भत्किएको उक्त घरमा एक जना पुरिएको समेत आशंका गरिएको छ । घाईते दुई जना मध्ये एकको चाबहिलस्थित मेडिकेयर अस्पतालमा र अर्कोको दीर्घायु अस्पतालमा उपचार भइरहेको छ । घरको भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए ।