बालिका बलात्कार आरोपमा एक जना पक्राउ

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – विद्यालयबाट घर फर्किदै गरेकी १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका–१६ सिम्ले बस्ने २२ वर्षीय राम कुमार राईलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा सोही ठाउँस्थित रातापानी भन्ने स्थानमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।