अन्नपूर्ण बेसक्याम्पमा फोटो खिच्दै गरेका युवाको ज्यान गयो

अन्नपूर्ण बेसक्याम्पमा फोटो खिच्दै गरेका युवाको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को बगरमा हिमपहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन् ।

मृत्यु हुनेमा पोखरा–५ पर्स्याङका १८ वर्षीय सञ्जय खनाल रहेको प्रहरीले जानकारी दिएको छ ।

हिमपहिरोबाट थुप्रिएको ढिस्कोले पुरिँदा खनालको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । उनले त्यस स्थानमा प्रहरी जाँदै गरेको बताए ।

घाइते भएका पोखरा सन्तोष बाँस्तोला र निर्जन कोइरालाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेको हेलिकप्टरबाट उद्धार गरी अस्पताल ल्याइएको हो छ भने खराब मौसमका कारण शव ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा फोटो खिच्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयले बताएका छन् ।