काठमाडौं – गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी विशिष्ट श्रेणी (सचिव) मा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रवक्ता सुवेदीलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा एक साताअघि बसेको सचिव वढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि सुवेदीसहित बालकृष्ण घिमिरे र दिनेश भट्टराईलाई सिफारिस गरेको थियो ।
सिफारिस सूचीमा १ नम्बरमा रहेका सुवेदीलाई सरकारले सचिवमा बढुवा गरेको हो । सचिवमा बढुवा भएका सुवेदी निर्भीक र कुशल प्रशासकका रूपमा परिचित छन् । हाल अर्थ मन्त्रालयअन्तर्गतको राजस्व सचिव पद रिक्त रहँदै आएको छ । बढुवा भएका सुवेदीको पदस्थापन भने गरिएको छैन ।




प्रतिक्रिया