यसरी सम्झीए कुलमान घिसिङले स्कुले जीवन

यसरी सम्झीए कुलमान घिसिङले स्कुले जीवन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रामेछाप जिल्लाको नमुना विद्यालय कुशेश्वर माविमा अध्ययन गरेका विद्यार्थीहरुले भूतपूर्व विद्यार्थी समाज गठन गरेका छन् । जिल्लाको सुुनापति गाँउपालिका–४ मा रहेको विद्यालयमा अध्ययन गरेका विद्यार्थीले कैलाश खड्काको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिती र १५ सदस्यीय सल्लाहकार समिति गठन गरेका छन् । पूर्व विद्यार्थी खड्काको अध्यक्षतामा गठन भएको समितिमा सरकारी, गैरसरकारी, व्यापार व्यवसाय तथा राष्ट्रिय स्तरमा कार्यरत पूर्व विद्यार्थीहरु रहेका छन् ।

खड्काले सबैसँग भएको क्षमतालाई विद्यालयमा प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पु¥याउनको लागि भन्दै समिति गठन भएको बताए । देशलाई समृद्ध बनाउन शिक्षा क्षेत्र बलियो बनाउनुपर्ने बताउँदै उनले आफ्नै क्षेत्रको विकाश गर्दै जाने हो भने देश समृद्ध बन्न सक्ने बताए । यता विद्यालयका प्रअ बलदेवसिंह धामीले विद्यालय विकासका लागि समाज गठन भएको र पूर्व विद्यार्थीमा भएको सीप र क्षमताको उपयोग गरी विद्यालयलार्ई प्रविधियुक्त बताउने बताए ।

प्रदेश ३ सरकारले उक्त विद्यालयलाई नमुना विद्यालय घोषणा गरेपछि थप चुनौती थपिएको महसुस गदै विद्यालय विकासका लागि सबैलाई हातेमालो गर्न पनि अनुरोध गरे । समाजको सल्लाहकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले स्कुलमा अध्ययन गर्दैको पल पनि सबैमाझ सुनाए । उनले सानोमा बिहानभर घर, खेतबारीको काम गरेर विद्यालय भएको, बिहान घाँसको भारी बिसाएर खान पनि राम्रो सँथ खान नपाइ विद्यालय दौडेर अध्ययन गरेको स्मरण गरे । पहिला देखि नै विद्यालयको अध्ययन/अध्यापन निकै नै राम्रो भएको भन्दै सानै देखि मेहनत गरेको खण्डमा भविश्यमा जुन सुकै काम गर्न पनि सकिने तर्क गरे ।

खड्काको नेतृत्वमा चयन भएको नवनिर्वाचित कार्यसमितिमा मधुसुदन रायमाझी उपाध्यक्ष, सुष्मा लामा उपाध्यक्ष, सुरेश चालिसे सह–सचिव, सुमित्रा घिमिरे कोषाध्यक्ष रहेका छन् । सदस्यहरुमा सुन्दर चालिसे, दुर्गा खड्का शैलेन्द्र पाण्डे, विपिन कोइराला, दिपेन्द्र खड्का, उदय लामा, सुरोज कुमार बल, रमेश केसी, सुनिल चालिसे, कुबेर खड्का, अप्सरा खड्का, राजकुमार तामाङ, सुनिल तोलाङ्ग, सुरेश बिक र दिपक पाण्डे रहेका छन् ।