काठमाडौं – संखदेव हसौरा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष पदको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
समितिको लागि रिक्त रहेको अन्य २२ पदमा सर्वसम्मत रुपमा नियुक्त भए पनि अध्यक्ष पदमा सहमति हुन नसके पछि भोलि बिहान ८ बजेबाट शंखदेव हसौरा सामुदायिक वनको भवन कावासोति– ४ मा निर्वाचन हुदैछ । उक्त पदमा गोपी कृष्ण शर्मा , चित्रबहादुर आले , र मुक्ति थापा पुलामीको प्रतिस्पर्धा रहेको छ ।
भोलि हुने निर्वाचनमा मतदान स्थल र मतदाताको शुरक्षा ब्यवस्था र निर्वाचनको लागि आवश्यक पर्ने सम्पुर्ण कार्यको अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत फर्शुराम शर्माले जानकारी दिए ।




प्रतिक्रिया