काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रशासन कार्यालयको परिसरबाट बिहीबार पक्राउ गरेको हो । प्रशासन कार्यालयले उनीहरुलाई जनही एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।
उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्काे मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः पक्राउ गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । अभद्र व्यवहारको मुद्दामा उनीहरु गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका थिए ।




प्रतिक्रिया